अमेरिकामा नेपाली नर्सको बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

Image
Nisarga Hospital

वासिङ्टन डिसी : अमेरिकामा तीन हप्तादेखि नेपाली नर्स बेपत्ता भएको प्रकरणमा उनकै श्रीमान् पक्राउ परेका छन् । भर्जिनियाको मनसास पार्कमा बस्दै आएकी २८ वर्षकी ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा श्रीमान् नरेश भट्टलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

बिहीबार बिहान दम्पती बस्दै आएको घरबाट नरेशलाई हतकडी लगाएर लगिएको समाचारमा उल्लेख छ । श्रीमतीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ भने उसबारे अनुसन्धान भइरहेको मनसास पार्क प्रहरीले बताएको छ । जुलाई ३१ देखि बेपत्ता रहेकी ममता अहिलेसम्म भेटिएकी छैनन् । उनी बेपत्ता भएयता उनको खोजी कार्य जारी छ । प्रहरी, सहकर्मी र स्थानीय समुदायबाट समेत उनको खोजी कार्य भइरहेको छ । भट्ट पक्राउ परेपछि उनीहरूको ११ महिनाकी छोरीलाई बाल हेरचाह केन्द्रले राखिएको बताइएको छ ।

Attariya Hospital

यसअघि आफूले अन्तिम पटक ममतालाई तीन हप्ता अगाडि घरमै देखेको नरेशले प्रहरीलाई बताएका थिए । बुधबार पनि अनुसन्धानकर्मीहरुले नरेशको घरमा खोजतलास गरेका थिए । यस क्रममा नरेशलाई पक्राउ गर्नु पर्ने कुनै आधार भने फेला परेको थिएन ।

nawajiwan

तर, श्रीमती बेपत्ता भएको मामिलामा सहयोग नगरेको भन्दै उनलाई प्रहरीले शङ्काको घेरामा राखेको थियो । ममता अन्तिम पटक जुलाई २७ मा आफू काम गर्ने अस्पतालमा देखिएको सहकर्मीहरूले बताएका छन् । भोलिपल्ट उनले आफ्नो एक साथीसँग कुराकानी पनि गरेकी थिइन् । ममता अस्पताल नआएपछि अगस्ट २ मा प्रहरी सोधपुछका लागि उनको घरमा गएको थियो । तर त्यतिबेला नरेशले श्रीमती हराएको भनेर उजुरी गर्न मानेका थिएनन् । यद्यपि त्यसको तीन दिनपछि उनले श्रीमती हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । नरेश अमेरिकी सेनामा कार्यरत रहेको जनाएको छ ।