धनगढीमा ट्राफिक प्रहरीको ज्यादती, पत्रकारलाई हतकडी किन ?

Image
Nisarga Hospital

धनगढी ः कैलालीको धनगढीमा ट्राफिक प्रहरीको ज्यादती बढेको छ। सवारी व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले व्यक्तिलाई हतकडी नै लगाएर थुनामा पठाउन थालेको छ।सवारी चालकसँग कागजात भएरनभएको हेर्ने र कैफियत देखिएमा जरिबाना काट्ने अधिकार पाएको ट्राफिक प्रहरीले व्यक्तिगत रिसिइबी साध्न हतकडी लगाएर हिरासतमा पठाउन थालेको छ।

CP Hospital Dhangadhi

शुक्रवार साँझ करिब ९ बजेको समयमा धनगढीका पत्रकार रमेश अयडीमाथि ट्राफिक प्रहरीले ज्यादती गरेको हो। ब्लुबुक, लाइसेन्स र मापसे गरेको जाँच गर्न बसेका ट्राफिक प्रहरी हवलदार विजय बमले अयडीसहित अर्का एक जना युवकलाई दुर्व्यवहार गर्दै हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएका हुन्। केही महिना अगाडि फूलबारी क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार बमलाई ट्राफिक नियमन राम्रोसँग गर्न पत्रकार अयडीले अनुरोध गरेका थिए। सोही विषयलाई इगोको रूपमा लिएका ट्राफिक प्रहरी बमले शुक्रवार साँझ कागजपत्र नभएको निहुँमा हतकडी लगाएर जिल्ला प्रहरीको हिरासतमा पठाएका हुन्।

Attariya Hospital

ट्राफिक प्रहरीले कुनै त्रुटि फेला पारे या कागजपत्र नबोकेको फेला पारे जरिबाना काट्ने र चालकले मदिरा सेवन गरेको अवस्थामा सवारी नियन्त्रण लिन सक्छन्। तर ट्राफिक प्रहरी हवलदार बमले लाइसेन्स र ब्लुबुक नबोकेको भन्दै अयडीलाई हतकडी लगाएर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरीको हिरासतमा पठाएको पीडित पत्रकार अयडीले बताए।

nawajiwan

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख गङ्गाबहादुर सारुले घटनाको बारेमा सेट मार्फत जानकारी पाएको बताए। उनले आफूले जिल्ला प्रहरीको टिम आइसकेपछि मात्रै थाहा पाएको बताए। उनले भने, ‘अर्को एक जनासँग ट्राफिकको लफडा भएछ, त्यहीँ घटनामा उहाँ (रमेश अयडी) पनि पर्नु भएछ। स्वास्थ्य परीक्षण गर्दा उहाँ (अयडी) ले मापसे नगरेको देखियो आज दुबै पक्षलाई बोलाएर छलफल गरे, हाम्रो साथीबाट गल्ती भएको हो।’ट्राफिक प्रहारी प्रमुख सारूले ट्राफिक हवलदार बमको पत्रकार अयडीसँग कुनै रिसिइबी नभएको दाबी समेत गरे।