
अत्तरिया : कैलालीको एक सामुदायिक वनमा युवती मृत फेला परेकी छन् । लम्की-चुहा नगरपालिका-८ बचैलाकी अन्दाजी २४ वर्षीया जुनी जैशी सोही वडास्थित मालिका सामुदायिक वनमा मृत फेला परेकी हुन् ।


बिहीबार बिहान सालको पात टिप्न भनी गएकी उनी साँझसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।































