धनगढीमा प्रतिबन्धित प्लास्टिकले प्रहरी पेट्रोल पम्प झकिझकाउ

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिको पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको हो। धनगढी उपमहानगरपालिकाले प्लास्टिकमा प्रतिबन्ध लगाएको भएपनि नेपाल प्रहरीले टेरेको छैन।

CP Hospital Dhangadhi

धनगढीका सार्वजनिक स्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको नगर प्रहरी समेत मूकदर्शक बनेको छ। नगर प्रहरीले आग्रह गर्दा पनि नेपाल प्रहरीको प्रादेशिक कार्यालयले नटेरेको दाबी गरिएको छ। उपमहानगरपालिकाले नगर प्रहरी पठाएर प्लास्टिकका पतङ्काको सट्टा फूलका माला प्रयोग गर्न आग्रह गरेको बताएको छ।

Attariya Hospital

यता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले धनगढी उपमहानगर क्षेत्रमा प्लास्टिक प्रतिबन्ध गरिएको विषयमा जानकार नभएको बताए। उनले भने, गृह मन्त्री ज्यूको कार्यक्रम भएर सजाएका हौ। धनगढीमा प्लास्टिक प्रतिबन्ध हो ररु गृह मन्त्री रमेश लेखकले भोलि ९बिहिवार० दिउसो पेट्रोल पम्मको उद्घाटन गर्ने कार्यक्रम छ। उनले बिहान १० बजे कैलाली काँग्रेस पार्टी कार्यालयमा भेटघाट गर्ने र १२ः५ मा प्रहरी कल्याणकारी कोषबाट सञ्चालन गरिएको पेट्रोल पम्म उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

nawajiwan