कैलालीमा प्राविधिक शिक्षकको ‘टेक्निकल टिचर्स एसोसियसन’ गठन

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा प्राविधिक शिक्षकहरू टेक्निकल टिचर्स एशोसियसनमा आबद्ध भएर सङ्गठीत भएका छन् । कैलाली जिल्लाका बिभिन्न प्राविधिक विद्यालयका शिक्षकहरूको बिहीबार धनगढीमा भएको प्रथम जिल्ला अधिवेशनबाट इन्जिनियर खगेन्द्र जैशीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन भएको छ ।

CP Hospital Dhangadhi

समितिको उपाध्यक्ष नारायण जैशी, महासचिव इन्जिनियर राकेशसिंह भाट, सचिव तिलक चौधरी र कोषाध्यक्ष इन्जिनियर भाष्कर जोशी चयन भएका छन् । जिल्ला समिति सदस्यहरू अरबिन्द देउवा, सुमित ताम्राकार, अन्जुना चौधरी र नरेन्द्रराज चौधरी भएका हुन् । आजै बसेको भेलाले ४ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

Attariya Hospital

सल्लाहकार समिति सदस्यहरूमा इन्जिनियर दिपेन्द्र शाही, इन्जिनियर दिपेन्द्र जैसी, इन्जिनियर मंगल वुढा र इन्जिनियर खेमराज भट्टलाई चयन गरिएको निर्वाचन समिति संयोजक इन्जिनियर लोकराज भट्टले जानकारी दिए ।

nawajiwan

कैलाली जिल्लामा अध्यापन हुने १० विद्यालयका प्राविधिक विद्यालयका प्रशिक्षक, सहायक प्रशिक्षक, भौतिक, रसायन, जीवविज्ञानका प्राविधिक शिक्षकहरूका उपस्थितिमा उक्त समिति गठन भएको टेक्निकल टिचर्स एसोसियसन कैलालीका सदस्य अरविन्द्र देउवाले जानकारी दिएका छन् ।