
अत्तरिया : करेन्ट लागेर कैलालीमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर बिहीवार बिहान मृत्यु भएको जनाएको छहो ।


इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घरमा खेल्ने क्रममा नाङ्गो तार छोइदा करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
































