सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत जोशीको करेन्ट लागेर मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत ५५ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार दिउँसो महेन्द्रनगरस्थित विश्वविद्यालयको कार्यकक्षमा फाइबरको तार मिलाउने क्रममा करेन्ट लागेर जोशीको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

भीमदत्त नगरपालिका–१८ कटानका जोशीलाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पाल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्।

Attariya Hospital

महाकाली प्रादेशिक अस्पालमा दिउँसो ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए। शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

nawajiwan