टीकापुरमा मेडिकल सञ्चालकले सुई लगाएलगत्तै महिलाको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको टीकापुरस्थित एलएल मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका-१ की ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार टाइफाइडको उपचारका लागि आएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको थियो । मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए ।

Attariya Hospital

मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचार गर्न ल्याएकी थिइन् । ‘ज्वरो नाप्नु भयो, प्रेसर चेक गर्नुभयो, पर्चामा प्रेसर समेत लेखेर ठीकै छ भन्नु भएको हो’, छोरी रिमाले भनिन्, ‘टाइफाइडको सुई लगाउनु पर्छ भनेर सुई लगाउनु भयो, एकैछिनमा त आमाको ज्यान गयो ।’

nawajiwan

सुई लगाएर ज्यान गएपछि आफू आक्रोशित भएको उनले बताइन्। सञ्चालक चौधरी आफैं इलाका प्रहरी कार्यालय पुगेका हुन् । ‘जोशीपुरबाट हिँडेर आएकी आमाको एक मिनेटमै ज्यान गएको छ’, रिमाले भनिन्, ‘मेडिकल सञ्चालकको लापरवाहीले अनाहकमा ज्यान गुमाउनु पर्यो, सञ्चालकलाई कारवाही हुनैपर्छ ।’ सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।