दुर्गालक्ष्मी नमूना मावि अत्तरियाले मनायो भव्यतापूर्वक १२ औँ विज्ञान दिवस

Image
Nisarga Hospital

अत्तरियाः  विज्ञान दिवसको पूर्व सन्ध्यामा असोज १ गतेका दिन १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर दुर्गालक्ष्मी नमूना मावि अत्तरियाले गोदावारी आविष्कार केन्द्रको प्राविधिक सहायोमा “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने मूल नारासहित भव्य रूपमा विज्ञान दिवस मनायो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, र विभिन्न क्षेत्रका विज्ञान तथा प्रविधि विज्ञहरूको उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

समारोहमा विज्ञान र प्रविधिको विकासले उत्पादन वृद्धि र राष्ट्रिय प्रगति कसरी सम्भव हुन्छ भन्ने विषयमा वक्ताहरूले आआफ्ना विचार राखे। विद्यार्थीहरूले विभिन्न विज्ञान परियोजनाहरूको प्रदर्शनी पनि गरेका थिए, जसले विज्ञानको प्रयोगात्मक पक्षलाई उजागर गरेको थियो।

nawajiwan

Attariya Hospital

विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विज्ञानको महत्त्वमाथि प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई वैज्ञानिक सोच र आविष्कारप्रति प्रेरित गर्ने बताए। साथै, विज्ञान र प्रविधिको प्रभावकारी उपयोगबाट मात्रै देशको आर्थिक विकास सम्भव हुने र यसका लागि भविष्यका युवा वैज्ञानिकहरूको भूमिकालाई महत्वपूर्ण मान्नुपर्ने कुरा उल्लेख गरे।

कार्यक्रमको समापनमा विज्ञानमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो र विज्ञान तथा प्रविधिमा विद्यालयको आगामी योजनाका बारेमा छलफल पनि गरियो।