आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै, जित्नै पर्ने दवावमा नेपाल

Image
Nisarga Hospital

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ।क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ।

CP Hospital Dhangadhi

क्यानडामा नेपालले आज लिग-२ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो।

Attariya Hospital

विश्वकप लिग-२ मा नेपालले कुल पाँच खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

nawajiwan

नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल गुमाएको छ।