कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

Image
Nisarga Hospital

धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले जनतालाई अनुभुती हुने गरी काम गर्न कैलालीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य, ब्यवस्था तथा गुण नियन्त्रण, बाणिज्य तथा नापतौल लगायतका कार्यालयको प्रगती बारे असन्तुस्टी जनाउँदै सरकारी लक्ष र जनतालाई अनुभुती हुने खालले काम गर्न निर्देशन दिएका हुन् ।

CP Hospital Dhangadhi


बाणिज्य कार्यालय, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय, भन्सार र आन्तरिक राजश्व कार्यालयका गतिबिधि बढेको पाइएन मन्त्री भण्डारीले अशन्तुस्टी पोख्दै भने “तपाइहरुको प्रगती पुरानै स्थितीमा छ भन्ने अहिलेको प्रस्तुतीले थाहा भएको छ, प्रगती बढाउनुस, कहाँ कसले समन्वय सहकार्य गर्ने हो गर्नुस र समस्या भएको ठाउँमा सघंले गर्नुपर्ने काम भनिदिनुहोस, तर परिणाम देखाउने गरी काम गर्नुस, अनुगमनको पाटो उहि पुरानो छ, चाडबाड आइरहेको छ, अनुगमनको कुनै योजना देखिएन, हालसम्म भएको अनुगमनले दिएको परिणाम केही पाइएन, गलत गर्नेलाई दण्ड जरिवाना भयोकी भएन, कि फेरी गल्ती दोहोरिरहेका छन्, स्पस्ट आउनुपथ्र्यो आएन ।”

Attariya Hospital

भन्सार कार्यालयले सरकारी लक्ष अनुसार राजश्व उठाइरहेको छैन, के चोरी तस्करी नियन्त्रण गर्नै नसकिने हो मन्त्री भण्डारीले भने “सरकारी लक्ष भन्दा भन्सार कार्यालयले दोब्बर राजश्व उठाउनुपर्छ, १ सय रुपयाँको बाहेक अरु समान बिना भन्सार ल्याउन नपाइने कानुन छ नी, त्यसको कार्यान्वयन गर्ने निकाय को हो, त्यही भन्सार कार्यालय र शुरक्षा निकाय होइन, अनी कसरी भन्सार छलेर दैनिक लाखौँको समान भित्रिदैछ, कि हाम्रा शुरक्षा निकय जिम्मेवार बनेका होइनन्, नेपालमा अनुगमनको बाटो मात्रै प्रभावकारी बन्ने हो भने, चोरी, तस्करी पुर्ण रुपमा रोकिन्छ ।” बिना बिल, बिना भन्सारको समान भित्रिएको पाइए जफत गर्ने कानुनी प्रावधाननै छ अनी त्यो खालको अनुगमन किन हुँदैन उनले थपे “भन्सारमा कडाइ, आन्तरिक राजश्व छलीको अनुगमन र बिषेश रुपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्छ, अनी मात्रै सरकारी लक्ष प्राप्त गर्न सकिन्छ, यसमा सम्बन्धित कार्यालय प्रमुख र शुरक्षा निकायलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिन्छु ।”

nawajiwan


दशैँ तिहार नजिकिदैछ सुपथ मुल्य पसल सञ्चालन छन्, तिनको प्रभावकारीता र सुबिधा बारे कर्मचारीनै अनबिज्ञ देखिन्छन् भण्डारीले भने “अब त्यस्तो नहोस दशैँ, तिहार देखी छठ सम्म बजार अनुगमन कडाइका साथ गर्नुस तब मात्र जनताले उचित मुल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्न पाउनुहुन्छ, अहिलेको सरकार बिषेश परिस्थितीमा बनेको छ, हामीले यतिबेला पनि जनतालाई सहि तरिकाले सुबिधा दिन नसके हामीमाथी थप प्रस्न खडा हुन्छन्, सरकार प्रधानमन्त्री र मन्त्री मात्रै होइनन्, हरेक कार्यालय प्रमुख सरकार प्रमुख हुन्, तपाइहरुले जती राम्रो सेवा दिन सक्नुहुन्छ त्यती सरकारी लक्ष पुरा हुन्छ र जनताले सहज सेवा पाउने छन् ।”
बैठकमा सुदुरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, सुरक्षा निकायका प्रमुख र जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।