कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सागर बिकको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

कैलारी गाउँपालिका–५ बयसपुरका १८ वर्षीय जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार राति ९ः५० बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बिक गम्भिर घाईते भएका थिए।

Attariya Hospital

बिकको उपचारको क्रममा आज (बुधवार) विहान ४ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

nawajiwan