जिल्ला अस्पताल बझाङमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

Image
Nisarga Hospital

बझाङ: जिल्ला अस्पताल बझाङमा शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा दुई प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।

CP Hospital Dhangadhi

अस्पतालका मेसु डा नवराज जोशीका अनुसार आर्थिक २०८०÷८१ मा २०.५७ प्रतिशत अर्थात् १ सय १५ जना महिलाले शल्यक्रिया मार्फत शिशु जन्माएका छन्। यो अवधिमा अस्पतालमा ५ सय ६९ जना महिला सुत्केरी भएका थिए। आर्थिक वर्ष २०७९÷८० मा १८.३ प्रतिशत महिलाले शल्यक्रिया मार्फत शिशु जन्माएका थिए जसमा ६ सय १ जना महिला सुत्केरी भएको तथ्याङ्कले देखाएको छ।

अस्पतालका डा. जोशीले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रसव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताए। अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिकता दिएको पनि जिल्ला अस्पतालका डा, जोशीले बताए। यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने गरेको डा. जोशीको भनाइ छ।

nawajiwan
Attariya Hospital

जिल्ला अस्पतालमा सुत्केरी हुनेको संख्या भने पछिल्लो समय घट्रद्रै गएको छ। पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्ला अस्पतालमा आएर सुत्केरी हुनेको सँख्या घट्रदै गएको तथ्याङ्कले देखाएको हो। २०७७/७८ मा ६ सय ४४ जना महिला सुत्केरी भएकोमा २०७८/७९मा ६ सय ४४ , २०७९/८० मा ६ सय १ जना महिला जिल्ला अस्पतालमा सुत्केरी भएका छन् भने २०८०/८१ मा आएर यो सँख्या घटेर ५ सय ५९ मा झरेको छ। यो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने शल्यक्रिया मार्फत सुत्केरी हुनेको सँख्या भने बढेर क्रमस ८०, ८१, १ सय १० र १ सय १५ जना रहेका छन्।

अस्पतालमा सुत्केरी हुनेको सँख्या घट्रदैे जानुको एकिन कारण थाहा नभएपनि पछिल्लो समय प्रत्येक पालिका ,वडा स्तरमा स्वास्थ्य संस्थाको पहुँच पुगेकाले पनि जिल्ला अस्पतालमा सुत्केरी हुनेको सँख्या घट्रदै गएको हुन सक्ने डा जोशीको भनाइ छ।