
अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् ।

काठमाडौँमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।

दूतावासका अनुसार अप्रिल महिनाका आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने ‘मे’ को आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ । यस्तै ‘जुन’ को आवेदन १७ अप्रिल बिहान ८ बजे र ‘जुलाई’ को आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावासले जनाएको छ ।

भिसा प्रक्रिया सम्बन्धी थप जानकारीका लागि दूतावासकाे याे लिङ्कमा गएर हेर्न सकिने जनाएको छ ।





























