दृश्यमा सुदूरपश्चिम कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानको मुख्य प्रबर्द्धन र एभरेष्ट म्युजिक ग्यालरीको संयोजनमा शुक्रबार धनगढीमा दृश्यमा सुदूरपश्चिम म्युजिक भिडियोको लोकार्पण तथा समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटनको भूमिका विषयक बृहत् अन्तरक्रिया सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमको समुदघाटन तथा दृश्यमा सुदूरपश्चिमको लोकार्पण गर्दे प्रमुख अतिथि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध बनाउन सरकार प्रयत्नशील रहेको बताए। मुख्यमन्त्री शाहले कला, संस्कृति र पर्यटनको विकास आफ्नो मुख्य लक्ष्य भएको बताए। उनले यसका लागि सम्बद्ध सबैसंग सहकार्य गर्न आफू तयार रहेको पनि बताए।
सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा। टीएन जोशीको सभापतित्वमा सम्पन्न समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री तारा लामा तामाङ, प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरी, कानून मन्त्री हिरा सार्की र प्रदेश सभा सदस्य शिवसिंह ओलीले पनि प्रदेश समृद्ध बनाउन कला, संस्कृति र पर्यटन विकासमा सरकारको ध्यान जानु आवश्यक भएको बताए।

Attariya Hospital

सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले कला, संस्कृति र भाषाको विकासका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न र स्वायत्त बनाउन सरकारको ध्यानाकर्षण गराए।
एभरेष्ट म्युजिक ग्यालरीका निर्देशक तथा मोडेल सनम कठायतले समृद्ध सुदूरपश्चिमका लागि आफूले दृश्यमा सुदूरपश्चिमको परिकल्पना गरेको बताए।
समारोहमा पूर्व मन्त्री पूर्णा जोशी, पूर्व सांसद मञ्जू बम,जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा,कैलारी गाउँपालिका अध्यक्ष राजसमझचौधरी,उत्तम रोकाया,बिभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी, कलाकार, साहित्यकार , गाउँपालिकाका अध्यक्ष,सहायक प्रमुख जिल्ला अधिकारीलगायत विशिष्ट ब्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रममा लोकप्रिय गायिका लक्ष्मी आचार्य र देउडा गायक भुवन दाहालको प्रस्तुतिले दर्शकहरू झुमेका थिए।
आज लोकार्पण भएको दृश्यमा सुदूरपश्चिम म्युजिक भिडियोमा सुदूरपश्चिमका बिभिन्न जिल्लाका दृश्य र वास्तविकततालाई उजागर गरिएको छ।

nawajiwan