सुदूरपश्चिम महोत्सव सुरु

Image
Nisarga Hospital

धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ। महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। सो अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीलाई १० बुँदे मागपत्रसमेत बुझाएको छ।

CP Hospital Dhangadhi

पश्चिम सेती जलविद्युत आयोजना र सुक्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको महासचिव ओम बिष्टले बताएका छन्। २०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सवको सुरुवात गरिएको थियो। अझै १० माग पूरा नभएकाले यसपटक १० बुँदे मागपत्र बुझाइएको उनले बताएका हुन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन्।पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

Attariya Hospital

महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट निर्धारण गरिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ।

nawajiwan