
श्री समृद्ध युवा क्लब गौरीगंगा कैलालीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। युवा क्लबको आयोजना तथा मायामेट्रो हस्पिटल प्रा.ली.को सहकार्यमा यही मङ्सिर २९ गते उक्त शिविरको आयोजना गरिँदैछ ।

वरिष्ठ हार्ड जोर्नी , नाक कान घाँटी, मानसिक र यौन तथा छालारोग सम्बन्धीका सेवाहरू उक्त शिविरमा उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन्।
शिविरमा निःशुल्क परामर्श सेवा सुगर जाँच रगत जाँच निःशुल्क औषधि लगायतका सेवाहरू उपलब्ध गराइने आयोजक श्री समृद्ध युवा क्लबका पदाधिकारी तथा शिविरका सम्पर्क व्यक्ति आशिष उपाध्यायले जानकारी दिए।


युवा क्लबले आयोजना गरेको उक्त शिविर जुपिटर एकेडेमी नेपाल गौरीगंगा ६ वनबेहडा कैलालीमा हुने र उक्त शिविरको समन्वयमा समेत गौरीगङ्गा ६ नम्बर वडा कार्यालय रहेको अर्का सम्पर्क व्यक्ति विप्लव सिंह खड्काले जानकारी दिएका छन्






























