
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार मतदान सम्पन्न भएको छ।

महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा, र ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्वका लागि मतदान गरिएको थियो। मतदान प्रक्रिया अनुसार मतगणना आजै रातिदेखि सुरु हुनेछ, र यसमा यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गरिने जानकारी केन्द्रीय निर्वाचन समितिले दिएको छ

मतदान सकिएको छ । अव यथासक्य छिटो परिणाम सार्वजनिक गर्नेगरी हामी लागेका छौ’, केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए । मतगणना मतदान भएको स्थानमै हुनेछ ।






























