

अत्तरियाः सुदूरपश्चिम प्रदेशको अत्तरिया बजारस्थित वरपिपल गल्लीमा अत्याधुनिक सुविधासहितको CU फुड एण्ड ड्रिंक्स होटल सञ्चालनमा आएको छ। होटलको भव्य उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले रिबन काटेर गरेका हुन्।

३ करोडको लगानी र पारिवारिक वातावरण
होटल निर्माणमा ३ करोड रुपैयाँको लगानी गरिएको छ। होटलका सञ्चालक मोहन चौधरीका अनुसार, यहाँ पारिवारिक वातावरणमा गुणस्तरीय खाना र पेय पदार्थहरूको व्यवस्था गरिएको छ। यसले स्थानीय पर्यटन र व्यावसायिक गतिविधिहरूलाई थप गति दिने विश्वास गरिएको छ।
विदेश अनुभव र गाउँप्रतिको लगाव
११ वर्ष कोरियामा वैदेशिक रोजगारी गरेर अनुभव हासिल गरेका चौधरीले आफ्नो गाउँ ठाउँको समृद्धिका लागि यो होटल खोलेको बताए। “विदेशमा सिकेको सीप र अनुभवलाई गाउँमै प्रयोग गरेर, सबैलाई प्रगतिको बाटोमा लैजान मेरो प्रयास हो,” चौधरीले भने।

अत्याधुनिक सुविधा र व्यावसायिक सहयोग
होटलमा सफा र आकर्षक वातावरण मात्र नभई, मिटिङ हल, गोष्ठी तथा अन्य औपचारिक कार्यक्रम गर्न मिल्ने व्यवस्था समेत गरिएको छ। यसले व्यवसायिक तथा सामाजिक गतिविधिहरूलाई अझ सहज बनाउने सांसद देवकोटाले बताए।
सुदूरपश्चिममा बढ्दो पर्यटन र व्यावसायिक चहलपहललाई मध्यनजर गर्दै सञ्चालनमा आएको CU फुड एण्ड ड्रिंक्स होटल स्थानीय बासिन्दा र आगन्तुकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
“गुणस्तरीय सेवा, सन्तुष्ट ग्राहक” भन्ने नाराका साथ सञ्चालनमा आएको यो होटलले स्थानीय रोजगारीको अवसर समेत प्रदान गर्ने सञ्चालकले जानकारी दिएका छन्।


































