
आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको देखिन्छ।

जल तथा मौसम विज्ञान विभागको अनुसार:

दिउँसो: कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

राति: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ।































