मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुरका डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरिएको छ ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३, उपदफा १ (क) बमोजिम उनले डा. उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । सोही कार्यविधिको दफा ९ एवम् अनुसूची २ बमोजिम उपाध्यायको पारिश्रमिक र सुविधा हुने जनाइएको छ ।

Attariya Hospital

पुस महिनादेखि लागु हुने गरी मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार बसेका उपाध्याय यसअघि क्यानडाको म्याकगिल विश्वविद्यालयमा अध्यापनको काम गर्दै आएका थिए । उनका झन्डै दुई दर्जन अनुसन्धान जर्नल प्रकाशित छन् । उपाध्याय सरकारी छात्रवृत्ति र शैक्षिक उपलब्धि पदक नेपाल विद्याभूषण (क) बाट विभूषित भएका हुन ।

nawajiwan