
पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाको मौसम
पहाडी क्षेत्र: आंशिक बदली।
तराई: धेरै स्थानमा बदली र हुस्सु लाग्ने।

काठमाडौं उपत्यका: अहिलेको तापक्रम ७.५ डिग्री सेल्सियस, अधिकतम १६–१८ डिग्रीसम्म पुग्ने।

तराई र उपत्यकामा बिहीबार बिहान हुस्सु लाग्न सक्ने भएकाले स्वास्थ्य, यातायात, र नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ।






























