इस्वी संवत् २०२५: नेपालमा चहलपहलसहित नयाँ वर्षको स्वागत

Image
Nisarga Hospital

आजदेखि ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत् २०२५ सुरु भएको छ। विश्वभर नयाँ वर्षको उत्साहपूर्ण स्वागत गरिएजस्तै नेपालका केही प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि ‘न्यू इयर इभ’ विशेष कार्यक्रमसहित मनाइएको छ।

CP Hospital Dhangadhi

जिजस क्राइस्टलाई फाँसी दिएपछि सुरु भएको मान्यता राखिएको इस्वी संवत् अहिले विश्वभर प्रचलित संवत् हो। यो पात्रो पोप ग्रेगोरियनले १६औं शताब्दीमा जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै प्रचलनमा ल्याएका थिए। जुलियन पात्रो रोमन शासक जुलियस सिजरले सुरू गरेका थिए।

पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार जुलियन पात्रो केही विवादास्पद रहे पनि उपनिवेशकालमा यसको व्यापक प्रचार भएपछि अहिले यसको अन्तर्राष्ट्रिय प्रभाव छ।

nawajiwan
Attariya Hospital

नेपालमा इस्वी संवत्को प्रभाव
नेपालमा इस्वी संवत् औपचारिक रूपमा नअपनाइए पनि यसको लोकप्रियता बढ्दै गएको छ। विशेष गरी ठमेल, बौद्ध, पोखरा, लुम्बिनी, सौराहा जस्ता पर्यटकीय क्षेत्रमा ‘न्यू इयर इभ’ कार्यक्रमहरू आयोजना गरिएका छन्।

हिजो साँझदेखि नै काठमाडौंका ठमेल, नयाँ सडक, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष चहलपहल देखियो। रात्रिकालीन संगीत कार्यक्रम, आतिशबाजी, र स्थानीय तथा विदेशी पर्यटकको रमाइलो जमघटले यी स्थानहरू झकिझकाउ भएका थिए।

पर्यटन प्रवर्द्धनमा योगदान
नेपालमा नयाँ वर्ष मनाउने यस्तो चलनले विदेशी पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। होटल, रेस्टुरेन्ट, र सांगीतिक कार्यक्रमहरूमा पर्यटकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय व्यवसायीहरूले यस अवसरलाई व्यापार प्रवर्द्धनका लागि उपयोग गर्दै आएका छन्।
नयाँ वर्ष २०२५ को सबैमा शुभकामना!