सुदूरपश्चिम लोक साँस्कृतिक तथा डेउडा महोत्सव पुष २३ देखि धनगढीमा हुने

Image
Nisarga Hospital

कैलालीको धनगढीस्थित फूलबारीमा सुदूरपश्चिम लोक साँस्कृतिक तथा डेउडा महोत्सव आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम लोक साँस्कृतिक समाज, फूलबारीको संयुक्त आयोजनामा यहि पुष २३ देखि २७ गतेसम्म महोत्सव हुनेछ।

CP Hospital Dhangadhi

महोत्सवमा प्रदेश स्तरीय डेउडा कार्यक्रम, भुवो, पञ्चेवाजा, सखिया, झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेली र चर्चित राष्ट्रिय डेउडीया कलाकारहरूको सांगीतिक प्रस्तुति सहित विविध सांस्कृतिक झलक प्रस्तुत गरिनेछ।

Attariya Hospital

डेउडा कार्यक्रमका लागि सहभागी कलाकारहरूलाई आफ्नो समूह दर्ता गर्न र महोत्सवमा उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यक्रम अन्तर्गत पुरुष समूहले दौरा सुरुवाल र महिला समूहले गुन्युचोली वा संस्कृति झल्किने पहिरनको एकरूपतालाई प्राथमिकता दिइनेछ।

nawajiwan

सर्वोत्कृष्ट टिम तथा श्रष्टालाई उचित सम्मान र पुरस्कारको व्यवस्था गरिने जानकारी आयोजक समितिले दिएको छ। डेउडा खेलको तालिका पुष २३ गते बिहान सार्वजनिक गरिने र सोही दिनदेखि खेल सुरु हुनेछ।