
अत्तरियाः गोदावरी नगरपालिकाले अत्तरिया बजार क्षेत्रको फोहोर व्यवस्थापन र हरियाली विस्तारका लागि विभिन्न सुधारात्मक कदमहरू अघि बढाएको छ। गोदावरी नगरपालिकाका फोहोर व्यवस्थापनका ईन्चार्ज प्रमल महराको नेतृत्वमा बजार क्षेत्रका बोटबिरुवाको काटछाट कार्य सफलतापूर्वक काम अगाढी बढाएको छ ।

समयको अनुकूलता र मौसमको सन्दर्भमा बोटबिरुवा काटछाट गर्नु आवश्यक रहेको नगरपालिका अधिकारीहरूले बताएका छन्। यसले एकतर्फी बोटबिरुवाका कारण हुने विभिन्न समस्याहरू जस्तै सडक अवरुद्ध हुनु, सवारीमा अवरोध आउनु, र सुरक्षाका खतराबाट मुक्त गर्नेछ। बजार क्षेत्रको विशेष गरी महेन्द्रनगर गल्लीमा काटछाट कार्य सकिएको छ भने अन्य स्थानहरूमा यो प्रक्रिया निरन्तर भइरहेको जनाएको छ।

तराईमा शितलहर बढेसँगै गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा दाउरा वितरण
कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा शीतलहरका कारण चिसो बढेसँगै दाउरा वितरण गरेको छ। नगर प्रमुख विरेन्द्र भट्टको अगुवाइमा यो कदम चालिएको हो। चिसोका कारण प्रभावित व्यापार व्यवसाय र यात्रुहरूलाई राहत दिने उद्देश्यले दाउरा वितरण गरिएको हो।

नगर प्रमुखका स्वकीय सचिव दिपिन साउदका अनुसार, नगरपालिका हरेक चिसो मौसममा दाउरा वितरण गर्दै आएको छ। दाउरा पाएपछि स्थानीय व्यापारीहरू खुसी भएका छन्, जसले अत्तरिया बजारमा जनजीवनमा सहजता ल्याएको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आगामी वर्षमा अत्तरिया क्षेत्रलाई हरियाली बनाउनका लागि विशेष योजनाहरू अगाडि सार्ने बताएका छन्। यसका साथै, सडक नालीको व्यवस्थापन सुधार गर्नको लागि पनि योजनाहरू अघि बढाइरहेका छन्।

यस योजनाले अत्तरिया बजारलाई सफा, हराभरा र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास नगर प्रमुख भट्टले व्यक्त गरेका छन्।

































