शितलहरमा गोदावरी नगरपालिकाद्वारा दाउरा वितरण: सेभ हाउस परिवार र स्थानीय व्यापारी खुसी

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले कठ्याङ्ग्रिने चिसो मौसममा जनजीवन सहज बनाउन अत्तरिया बजारमा दाउरा वितरण गरेको छ। नगर प्रमुख विरेन्द्र भट्टको नेतृत्वमा गरिएको यस कदमले शीतलहरका कारण प्रभावित बालबालिका, व्यापारी, र यात्रुहरूलाई राहत दिएको छ।

CP Hospital Dhangadhi

विशेषगरी, अत्तरिया बजारमा रहेको सेभ हाउसलाई दाउरा वितरण गरिएपछि त्यहाँ बस्दै आएका ४०–५० बालबालिकामा खुसी छाएको छ। सेभ हाउसकी सञ्चालिका जानकी मलासीले गोदावरी नगरपालिका र नगर प्रमुख विरेन्द्र भट्टको टिमलाई धन्यवाद दिँदै यो सहयोगले बालबालिकालाई चिसोबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

nawajiwan
Attariya Hospital

दाउरा वितरणले स्थानीय व्यापारीहरूलाई पनि सहज बनाएको छ। चिसोको प्रभावले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला नगरपालिकाले प्रत्येक वर्ष यस्तै सहयोग गर्दै आएको छ। यसपटकको प्रयासले अत्तरिया बजारको वातावरणलाई न्यानो र उत्साहपूर्ण बनाएको छ।