
कैलालीको गोदावरीमा ७० वर्षीय मोहनसिंह कामी मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–१२, बाङ्गेसालका स्थायी बासिन्दा कामी शनिबार मालाखेती शाखा नहरमा मृत अवस्थामा भेटिएका हुन्।

यस घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको कारण र थप विवरण हालसम्म सार्वजनिक गरिएको छैन।































