सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर

Image
Nisarga Hospital

पोखरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्। नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।

CP Hospital Dhangadhi

कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए। ‘आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन। कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गभ्मीर बन्नुपर्‍यो,’ कार्यक्रमका प्रमख अतिथि रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने।

गठबन्धन र देशको भावना विपरित कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ। ‘सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ। त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ। यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,’ उनले भने।

nawajiwan
Attariya Hospital

यसका साथै समावेशीताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरश: पालना हुनुपर्ने महरले बताएका छन्। संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

‘संघीयताभित्रको समावेशीता कार्यान्वयनका लागि संविधानको अक्षरश: पालना हुनुपर्छ। आवश्यक कानुन तयार पारिनुपर्छ। त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ। समावेशीताको आसय र मानसिकता अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,’ उनले भने। उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशीताप्रतिको विश्वास बढ्ने बताएका छन्।