दीपकप्रसाद उपाध्याय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दूतमा नियुक्त

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दीपकप्रसाद उपाध्यायलाई स्वास्थ्य दूतमा नियुक्त गरेको छ। उपाध्याय नेपाली हेडलाइनका सहसह-सम्पादक हुन्। कैलालीको धनगढीका उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरिसकेका छन्।

CP Hospital Dhangadhi

मन्त्रालयले स्वास्थ्यसम्बन्धी जनचेतना अभियान र रक्तदान कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उपाध्यायलाई स्वास्थ्य दूतमा नियुक्त गरेको जानकारी दिएको छ।

Attariya Hospital

यससँगै, आइतबार आयोजित एक कार्यक्रममा उपाध्यायलाई सम्मान गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारी अस्पतालहरूमा निःशुल्क रगत सेवाको सुरुवात कार्यक्रममा उपाध्यायलाई सम्मानपत्र हस्तान्तरण गरे।

nawajiwan