देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहँदा बाँकी भूभागमा आंशिक बदलीसँगै मुख्यतया सफा मौसम रहेको छ।

CP Hospital Dhangadhi

कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहँदा थोरै स्थानमा हल्का वर्षा हुन सक्ने देखिन्छ। तराई क्षेत्रमा पनि आंशिकदेखि साधारण बदली रहँदा एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदलीसँगै एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। तर, तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली हुने सम्भावना रहे पनि समग्र मौसम सामान्य रहेको छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसमका कारण प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी हिमाली र पहाडी क्षेत्रका बासिन्दालाई वर्षा र हिमपातबाट हुन सक्ने समस्या प्रति सजग रहनु आवश्यक रहेको महाशाखाको सुझाव छ।