घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजका लागि नेपालमा पछिल्लो मौसम अवस्था र पूर्वानुमान

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेकोले दृश्यता कम भएको देखिन्छ।

CP Hospital Dhangadhi

आगामी दिनहरूको मौसम पूर्वानुमान
बुधबार:

Attariya Hospital

कोशी प्रदेश: पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
हिमपातको सम्भावनाले दैनिक जनजीवन, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।
बिहीबार:

nawajiwan

कोशी प्रदेशमा बुधबारजस्तै अवस्था रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली र उच्च पहाडी/हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै छ।
बाँकी भू-भागमा मौसम सफा रहनेछ।
यस मौसमले विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेलाई सतर्क रहन र स्वास्थ्य, यातायात, तथा अन्य दैनिक गतिविधिमा ध्यान दिन अनुरोध गरिएको छ।