देशभर हाल पश्चिमी वायुको सामान्य प्रभावः तराईका केही क्षेत्रमा अझै हुस्सु तथा कुहिरो

Image
Nisarga Hospital

देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको पहाडी भूभागमा बिहान आंशिक बदली भए पनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागिरहेकाले जनजीवनमा प्रभाव परेको छ। महाशाखाले आगामी २४ घण्टामा तराई र उपत्यकाका धेरै स्थानमा बिहानको समयमा हुस्सु-कुहिरोको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Attariya Hospital

कोशी प्रदेश: हिमाली र पहाडी क्षेत्रमा दिउँसो आंशिक बदलीको सम्भावना। मधेसका भूभाग सफा रहने।
बागमती प्रदेश: सबैजसो क्षेत्रको मौसम सफा।
गण्डकी प्रदेश: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेश: यी प्रदेशको मौसम सामान्यतया सफा रहने।
सतर्कता र अपिल
महाशाखाले तराई र उपत्यकामा लाग्न सक्ने हुस्सु र कुहिरोले यातायात, दैनिक जनजीवन, स्वास्थ्य, र हवाई उडानमा असर पार्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएको छ। साथै, चिसोबाट बच्न आवश्यक पूर्वतयारी गर्न अपिल गरिएको छ।

nawajiwan