घोडाघोडी तालमा नयाँ भ्युटावर बन्दै , प्रक्रिया पुरा नगरी निर्माणकार्य शुरु भएका आरोप

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण हुँदै छ । संघीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार ९ सय ४५ रुपैया ३३ पैसा बराबर लगानीमा धर्तीमाता बि के कालिका जे सि निर्माण कम्पनीले निर्माण गर्ने भएको छ । घोडाघोडी ताल क्षेत्रको मध्यवर्ती क्षेत्रमा निर्माण गरिन लागिएको भ्युटावर आउदो २०८२ जेठ मसान्तसम्म निर्माण गरि सक्नुपर्ने बताएको छ ।

CP Hospital Dhangadhi

इ डिबि मार्फत नै टेन्डर पाएका निर्माण कम्पनीका प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । आर्थिक बर्ष २०७७\२०७८ मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि. टेन्डर मार्फत नै टेन्डर पर्यटन बिभागले घोडाघोडी ताल क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको थियो । यसरी निर्माण गरियको इन्टरलग टायल लगाएर निर्माण गरियको पैदलमार्गमा भ्युटावर निर्माणलागि निर्माण सामग्री बोकिरहेका ट्याक्टर पैदल मार्गबाट हिडाउदा सरचना भत्किएको छ ।

Attariya Hospital

नियमित अनुगमन गर्नुपर्ने सरोकारवाला निकाय घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत पैदल मार्ग का सरचना भत्किएको छ भन्नेमा बेखबर रहेका छन् । यता डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख रामचन्द्र कडेलले पनि घोडाघोडी तालमा निर्माण हुँदै गरेको भ्युटावर बारेमा बेखबर रहेका छन् । घोडाघोडी नगरपालिकाले निर्माण गरिएको घोडाघोडी विकास १० बर्से गुरुयोजनामा तोकियको भन्दा फरक स्थानमा भ्युटावर निर्माण गर्न लागिएको छ ।गुरुयोजनामा निर्माण स्थल तोकिएको ठाउँमा बिकासका पुर्बाघार बनाउदा वातावरणिय प्रभाव मुल्यांकन बारे पहिलेनै अध्ययन गरिएको पुन अध्ययन गर्न नपर्ने १० बर्से गुरुयोजनामा उल्लेख गरिएको छ ।

nawajiwan

टावर निर्माणाधीन ठाँउ फरक भएकाले वातावरणिय प्रभाव मुल्यांकन अध्ययन ९ आइ.इ. इ . गरिनुपर्छ तर निर्माण कम्पनीले भने कुनै प्रक्रिया गरेको छैन । संघीय मन्त्रालयले निर्माण गर्न लागियको भ्युटावर निर्माण का लागि डिभिजन वन कार्यलयलाई कुनै पनि जानकारी नभएको ,भोगाअधिकारको बारेमा पनि कुनै जानकारि नभएको डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख कडेलले बताए । निर्माणाधीन भ्युटावरको वातावरण प्रभाव मुल्यांकन अध्ययन आइ इ.इ अध्ययन , जमिनको भोगाअधिकारको बारेमा जानकारी नभएको निर्माण कम्पनीले नगरेको निर्माणको जिम्मा पाएका ढुंगानाले बताए।