
सुदूरपश्चिम प्रदेश सभा सदस्य र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले पार्टीको संगठन मजबुत बनाउन भातृ संगठनहरू सक्रिय हुनुपर्ने बताएका छन्। उनले भने, “पार्टीको मेरुदण्ड भनेकै युवा शक्ति हो, र यसका लागि स्थानीय तहबाटै युवाहरूलाई संगठन निर्माणमा जुट्नुपर्ने अबस्था आएको छ।”

प्रकाश देउवाले कैलालीको टीकापुरमा आयोजित नेपाल तरुण दलद्वारा आयोजित माघि मिलन र तरुण प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै, कांग्रेस पार्टीले १०० दिने अभियानमा लागिपरेको हुँदा भातृ संगठनले यसलाई सहयोग पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

पूर्व मन्त्री देउवाले थपे, “भातृ संगठन बलियो र चलायमान भएमा पार्टी बलियो हुनेछ, त्यसैले कार्यकर्ताले संगठन मजबुत बनाउन लाग्नुपर्ने छ।” कार्यक्रम नेपाल तरुण दल क्षेत्र नं. १ कैलाली र नगर कार्यसमिति टीकापुरका अध्यक्ष कल्पेस कुंवरको अध्यक्षतामा भएको थियो।






























