
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्।

२७ र २८ पुसमा धनगढीमा भएको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठ्रियालाई सर्वसम्मत रूपमा सहमहामन्त्रीमा चयन गरेको हो।

कठरिया यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय सहसचिवका रूपमा कार्यरत थिइन्। हालको १० महिनादेखि भने उनले रास्वपामा आवद्ध भई पार्टीको गतिविधिमा सक्रिय सहभागिता जनाएकी छन्।

रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरे।






























