
पर्यटन राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई प्रतिनिधिसभा सदस्य बन्न अयोग्य घोषणा गर्नुपर्ने मागसहित अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितका पाँच न्यायाधीशहरूको इजलासले उक्त रिटलाई दाबी नपुग्ने ठहर गर्दै खारेज गरेको हो। सुनुवाइमा न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा सहभागी थिए।

रिट खारेज भएसँगै चौधरीको सांसद पद यथावत् रहेको छ। अधिवक्ता जोशीले निर्वाचन अधिकृतको निर्णय बदर गरी पुनः निर्वाचन गराउनुपर्ने माग गरेका थिए। अदालतको यो फैसलाले चौधरीलाई कानूनी रूपमा थप मजबूती दिएको छ।































