अत्तरियाको घण्टेश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा : गोकुल भट्ट

Image
Nisarga Hospital

अत्तरिया: अत्तरियाको घण्टेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा गोकुल भट्ट सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले उनलाई चयन गरेको हो। समितिको कार्यकाल आगामी तीन वर्षका लागि रहनेछ।

Attariya Hospital

गोकुल भट्टको नेतृत्वमा बनेको समितिमा दौलतसिंह बोहरा, गोविन्द भट्ट, भवानी थापा मगर, समिता कुमारी भट्ट र ईश्वरी भट्ट सदस्यका रूपमा चयन भएका छन्। विद्यालयका प्रधानाध्यापक दीपक राज भण्डारीले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन्।

nawajiwan

नयाँ व्यवस्थापन समितिले विद्यालयको प्रशासनिक क्षमता अभिवृद्धि गर्दै शैक्षिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बैठकले विद्यालयका गतिविधि र योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ।