प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

Image
Nisarga Hospital

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ।
शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिने भएको हो। धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको छ। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए। पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन्।

CP Hospital Dhangadhi

१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो। भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए। प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन्। डोटीको शिखर नगरपालिका–९ उच्चाकोट ९सिद्धेश्वर गाउँ पञ्चायत० मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन्।

२०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गर्न लागिएको नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन। कैलाली व्यवस्थापन क्याम्पस थियो। पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो। सुरुमा भौतिक संरचनाहरू पनि थिएनन्। विस्तारै संरचनाहरू तयार भएका हुन।

nawajiwan
Attariya Hospital

अहिलेकोे अवस्थामा ल्याउन चिफसरको भूमिका महत्वपूर्ण छ। उहाँलाई हामी नागरिक अभिनन्दन गर्दैछौँ। आफ्नै ठाउँमा उहाँले हालसम्म शिक्षामा काम गर्दै आउनुभएको छ।’ सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ। हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए। हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए।

बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो। उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए। दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे। उनले शंकरदेव क्याम्पसबाट विकम गरे। २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे।

२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्। २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो। उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले। २०७४ सालमा उनी सेवानिवृत्त भए।