कैलालीको धनगढीले बडीमालिका डोल पठाउने

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बडीमालिका डोल पठाउने भएको छ। बाजुराको बडीमालिका मन्दिरका लागि धनगढीले सरकारी डोल पठाउने भएको हो।नगर प्रमुख गोपाल हमालले पहिलो पटक पूजा सामाग्रीसहितको सरकारी डोल पठाउने तयारी गरेको बताएका छन्। नगर प्रमुख हमालले भने, ‘धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो। एक मात्र उपमहानगर पनि हो।

CP Hospital Dhangadhi

धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको छ। बडीमालिका प्रति धेरैको आस्था रहेको छ। हामी पूजा सामाग्रीसहित सरकारी डोल पठाउछौ।’ धनगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने भएका हुन्।राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र चन्द्रनाथको पल्टन जुम्लाबाट बडीमालिका पठाउने परम्परा छ। बाजुरा जिल्लाले पनि पछि डोल पठाउन थालेको हो। धनगढीले पनि पहिलो पटक श्रीवृद्धिका लागि भन्दै डोल पठाउने तयारी गरेको नगर प्रमुख हमालले बताए। उनले भने, ‘धनगढीमा सबै जिल्लाका मान्छेहरू छन। धनगढीका नागरिकको श्रीवृद्धिका लागि डोल पठाउने भएका छौ।’बाजुरा जिल्लको बडीमालिका मन्दिरमा जेठको शुल्क पक्षको अष्टमी तिथिमा पूजा हुने गर्दछ।

Attariya Hospital

सोही समयमा धनगढी उपमहानगरपालिकाले डोल पठाउने भएको हो। पुजारी नेत्रप्रसाद पाध्यायले जेठ शुल्क पक्षको अष्टमीमा मन्दिरमा पूजा हुने गरेको बताए। बडीमालिकामा श्रावणको शुल्क पक्षको चतुर्दशीमा मूल पूजा हुने गरेको उनले बताएका छन।वर्षमा बडीमालिका मन्दिरमा दुई पटक पूजासहितको मेला लाग्ने गरेको छ। उनले भने, ‘गोर्खाको मूल डोल आउने डोटीबाट हो। चन्द्रनाथको जुम्लाबाट आउछ। धनगढीले पनि डोल पठाउने भनेर खबर गर्नु भएको थियो। धनगढी आएर सल्लाह गर्नुछ। मेयर सापको बडीमालिकाको पूजा पनि मैले गरेको हो।’ बाजुराको बडीमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र हो।

nawajiwan