
धनगढी ः पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा बिजयी भएका छन्् । उनले निकटम प्रतिद्वन्दी धन बहादुर चौधरी लाई ९० मतको अन्तरले पछि पार्दै निर्बाचित भएका छन। बोहराले ४१७ मत र चौधरीले ३२७ मत प्राप्त गरेका छन भने कुल जम्मा मत ७४९ मत खसेको थियो।

भुगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक पनि हुन। सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका थिए।
बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा निर्बाचित भएपछि आफ्नो प्राथमिकता पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन आफ्नो पहिलो प्राथमीक्ता रहेको तबाए ।

उनले भने,एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राबिधिकहरुको निरन्तरता र दिगो रूपमा ब्यवस्थापन गर्ने,पशु सेवामा संग्लन रहेका निजि क्षेत्र एबम प्राईभेट ब्यवसायीलाई दर्ता र नवीकरणमा सरलता ल्याउन बनाउने बताए । परिषदमा प्रत्यक्ष सरोकार राख्ने ६ वटै पेसागत संस्थाका सदस्यहरु आफ्नो योग्यता,अनुभव र सिपका आधारमा पेसागत कार्यगर्न गराउने सुनिस्चितताका लागि आफु सदैब पहल गर्न लाग्ने नेल्टा सुदुर पश्चिम् प्रदेश कार्यसमिति सचिब हेमन्त ९बाजे० ले जानकारी दिनु भयो ।































