धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुदैं

Image
Nisarga Hospital

धनगढी ः कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी’ आयोजना हुने भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ८ देखि १२ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको हो।

CP Hospital Dhangadhi

मंगलबार बसेको बैठकले प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले जानकारी दिए। उनका अनुसार मूल आयोजक समिति तथा अन्य आवश्यक उपसमिति पनि गठन गर्ने निर्णय गरिएको छ।

Attariya Hospital

प्रादेशिक ललितकला प्रदर्शनीको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने जनाइएको छ। ललितकला प्रदर्शनीमा हस्तकला, चित्रकला, मूर्तिकला, वास्तुकला र लोककलालगायतका विधा रहने बताइन्छ।

nawajiwan

यसका साथ विद्यालय, क्याम्सपले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। गतवर्ष पनि फागुन २० देखि २४ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिएको थियो।