धनगढीको नवजीवन अस्पतालको १९ औँ वार्षिकोत्सव सम्मन्न

Image
Nisarga Hospital

धनगढीः धनगढीको नवजीवन अस्पतालको १९ औँ वार्षिकोत्सव सम्मन्न भएको छ । अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिवार गरिएको पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक वर्षमा अस्पतालबाट ४८ हजार ९५३ जना बिरामीले उपचार सेवा पाएका वताए । २०६२ साल फागुन १७ गते धनगढीमा खुलेको निजी स्तरको नवजीवन अस्पताल २०७९ असोजबाट एक सय शय्या क्षमतामा सञ्चालित छ। अस्पतालले गत वर्षदेखि दस शय्याको डायलाइसिस सेवा समेत चलाएको छ।    नवजीवन अस्पतालबाट सामाजिक सुरक्षामा आवद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार पाउने भएका छन्। अस्पतालका अध्यक्ष ढुङ्गानाले सामाजिक सुरक्षा कोषबाट नवजीवन अस्पताल सम्मानित भएको बताए। अस्पतालले सामाजिक सुरक्षामा आवद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेकाले सम्मानित भएको हो। अस्पतालमा १७ किसिमका सेवा सञ्चालन, उपचार सेवाका अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको नवजीवन अस्पतालमा २४ सैं घण्टा १७ किसिमको उपचार सेवा रहेको अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले बताए।नवजीवन अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ। अस्पतालमा हरेक दिन हाडजोर्नी विशेषज्ञ सेवा, प्रसूति तथा महिला रोग विशेषज्ञ सेवा, विशेषज्ञ बालरोग सेवा, जनरल तथा ल्याप्रेस्कोपिक सर्जन विशेषज्ञ सेवा सञ्चालनमा रहेको निर्देशक डाक्टर पौडेलले बताए। यसैगरी, विशेषज्ञ मानसिक तथा स्नायु रोग सेवा, पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा, एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, विशेषज्ञ मुटुरोग सेवा प्रदान भइरहेको बताइएको छ।अस्पतालमा डाइलायसिस सेवा, छाला रोग, एलर्जी,यौन तथा सौन्दर्य विशेषज्ञ सेवा, विशेषज्ञ चिकित्सकबाट नाक कान घाँटी रोगको उपचार सेवा, युरो सर्जन तथा मिनि पिसिएनएल सेवा, न्युरो सर्जन सेवा, स्पाइनल सर्जन सेवा, दाँतको उपचार र विषयज्ञ चिकित्सकबाट रेडियोलोजी सेवा हरेक दिन २४ सैँ घण्टा प्रदान भइरहेको निर्देश डाक्टर ढकालले बताए।गत वर्षको फागुनदेखि यो वर्षको माघ मसान्तसम्म ४ हजार ४९ जनाले आकस्मिक उपचार सेवा लिएका छन् भने ३२ हजार १८८ जना बिरामीले बहिरङ्ग सेवा पाएका छन्। एक वर्षमा ५ हजार ६९७ जनाले अन्तरङ्ग सेवाबाट उपचार पाएको अस्पतालले जनाएको छ। एक वर्षमा अस्पतालबाट एक हजार ५३९ ले निःशुल्क सुत्केरी सेवा लिएका छन्।१९ औँ वार्षिकोत्सवको अबसरमा बृहत रत्तदान र अस्पतालमा भएका विरामीलाई फल फुल पनि वितरण गरेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital
Advertize US