ठेक्का नपरेको आवेगमा गाउँपालिका अध्यक्ष रोकायालाई धम्की

Image
Nisarga Hospital

धनगढी ः बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा राजनितिक प्रतिसोध साध्यै गाउँपालिकामा तालाबन्दी गरे मलाई पनि फोन बाट धम्की दिएको अध्यक्ष भरत बहादुर रोकायाले बताए । यस आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट कुकमेन निर्माण गर्न ५ करोड रुपैयाको लगानीमा गाउँपालिकाले ठेक्का आहान गरेको थियो,त्यसलाई विभिन्न टिकाटिप्पोणी गर्दै गाउँपालिकामा तालाबन्दी गर्नु उचित नभएको उहाँले बताए । स्वामिकार्तिक गाउँपालिकामा आफु पालिकाको अध्यक्षमा निर्वाचत भएको करिब ढाई बर्ष भयो । यो ढाई बर्षको अबधीमा पालिकाको निति नियम विपरित काम नगरेको र अहिले आफु माथी निराधार आरोप लगाई गाउँपालिकामा ताला लगाएको अध्यक्ष रोकायाले भन्नु भयो ।

CP Hospital Dhangadhi

उहाँले भन्नुभयो, आफु माथी विभिन्न टिकाटिप्पोणी गरि निराधार आरोप लगाउनुको औचित्य नभएको बताए । आफुले कुनै गल्ति नगरेको तर गल्ति गरेको प्रमाण भए सजाय भोग्न तैयार रहेको उहाँको भनाई छ । स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । सोमवार दिउँसो गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानियहरुले तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Attariya Hospital

तालाबन्दी गर्ने समुहले आफ्नो निकटतम व्यक्तिको नाममा ठेक्का नपरेको आवेगमा गाउँपालिकामा ताला लगाईएको उहाँले बताउनुभयो । मुक्तिकोट कुकमेन निर्माण गर्न तिन वटा फर्मको आवेदन ठेक्काको लागी गाउँपालिकामा आएको थियो, अध्यक्ष रोकायाले भन्नुभयो । त्यसमा दूईटा फर्म बाहिरएको र एउटा फर्मको नाममा ठेक्का परेको आवेगमा गाउँपालिकामा ताला लगाउनु कुनै औचित्य नरहेको अध्यक्ष रोकायाले दावी गरेका छन् । उहाँले भन्नुभयो पालिकामा भएको तालाबन्दीका कारण आफुले खोजेको र रोजेको काम नपाउँदा केही ब्यक्तिहरुको टिमले विभिन्न किसिमका गालिगलोज सहित धम्की दिने गरेको अध्यक्ष रोकायाले बताए।

nawajiwan

हामी कुन संसारमा छौं लाग्छ अझैं पनि राणाहरुको तानाशाहि प्रवृतिभित्रका एक रैति हुँ , यो दादागिरी शैलिले दुर–दराजको पालिका,विकट वस्ति स्वामिकार्तिक खापर गा।पा।को विकास कसरी हुन्छ भन्दै अध्यक्ष रोकायाले दुख व्यक्त गर्नुभयो । न आफू गर्ने र न अरुलाइ गर्न दिने,कि ठेका आफ्नो नाममा पर्नु पर्ने कि कमिसन खान पाउनु पर्ने भन्दै विपक्ष तर्फका केहि ब्यक्तिहरु अध्यक्ष रोकाया माथि खनिएका छन् । पछिल्लो समय स्वामिकार्तिक गाउँपालिकामा विकासले फड्को मादैै गएको छ । पालिकाका सवै वडामा सडक संजाल संग जोड्न अध्यक्ष दिनरात तल्लिन रहनु भएको स्थानियले बताए ।