धादिङमा एक दिने प्राथमिक उपचार सम्पन्न

Image
Nisarga Hospital

योगदान राष्ट्रको लागि संस्थाले धादिङ जिल्लामा प्राथमिक उपचार सम्बन्धी एकदिने निःशुल्क तालिम सम्पन्न गरेको छ ।

CP Hospital Dhangadhi

२०८१ फागुन २३ गते शुक्रबारका दिन जिल्ला समन्वय समिति धादिङको सभाहलमा तालिम सम्पन्न भएको हो । कार्यक्रम योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओम प्रसाद उप्रेतीको अध्यक्षतामा र निलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, धादिङ अस्पतालका व्यवस्थापक डम्मर धामी, अस्पतालका स्वास्थ्यकर्मी कृष्ण उप्रेती, गजुरी योगदान राष्ट्रको लागि गजुरी गाउँपालिका समिति अध्यक्ष प्रकाश उप्रेती, खानेपानी कार्यालयका प्रकाश प्याकुरेल, योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य खेमराज उप्रेती, उद्धव ढकाललगायतको उपस्थिति थियो ।

Attariya Hospital

nawajiwan

तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो । तालिममा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, कर्मचारी, प्रहरी, सेना स्थानीय गरी २०० जनाको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन योगदान राष्ट्रको लागि केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले गर्नुभएको थियो ।