धनगढी-७ देवहरियामा रानाथारु होरी विशेष कार्यक्रम २०८१ सम्पन्न

Image
Nisarga Hospital

धनगढीः “संस्कृतिको साथै, शिक्षित व्यक्तिलाई गरौं सम्मान! लागू औषध त्यागौं, समाज बनाउन देऊ ध्यान!!” भन्ने नाराका साथ रानाथारु होरी विशेष कार्यक्रम २०८१ धनगढी-७, देवहरिया, कैलालीमा फागुन २९ गते भलमन्सा जगन्नाथ रानाको सभाध्यक्षतामा र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा. जीवन रानाको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रममा विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति राना , धनगढी-१७ नं वडा अध्यक्ष माधब राज राना , धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त , ने.रा.था.स. का अध्यक्ष रबि राना सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Attariya Hospital

कार्यक्रममा स्थानीय संस्कृति, शिक्षाको महत्त्व, र लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने विभिन्न प्रस्तुति मन्तव्य व्यक्त गरेका थिए । यस अवसरमा स्थानीय युवाहरू, बौद्धिक व्यक्तित्वहरू, समाजसेवीहरू, तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संस्कृतिक झाँकी रानाथारु होरी नाच , ठडिया नाच , कलाकार लक्ष्मी राना , अञ्जली राना , राम देव राना , खडक राना , राम आसरे राना र पार्वती रानाको बेजोड प्रस्तुति रहेको थियो ।

nawajiwan

कार्यक्रममा देवहरिया गाउँका स्नातक उत्तीर्ण विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेका थिए । स्थानिय समुदायले यस्ता कार्यक्रमले समाज सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।