
किन चाहियो सङ्घीयता विदेशीको पाहुर आज,
जसले गर्द हाम्रा युवाहरू भए देशबाट दुर आज।

महंगी बढ्यो भ्रष्टाचार उस्तै देशलाई ऋण लाग्यो,
अपराधीकै छ चलखेल जेलमा परे वेकसुर आज।
परदेशमा नारकिए जीवन बिताएका छन् युवाले,
उपहास गर्छन् विदेशी नेताको छ जी हजुर आज।

नियत छैन देश बिकासगर्ने छन दलाल यो देशमा,
पछिडियो यो देश साधन श्रोत हुँदा भरपुर आज।
बनायो मण्डी हिमाल पहाड तराईलाई बिदेशीले,
फर्शि लिई दिन्छन् अरूलाई नेता कोहिनूर आज।
॥१॥
आफ्नै झैँ बिरानो यो सहर बन्यो
जिन्दगी पनि अनौठो डगर बन्यो
जसलाई दुश्मन् सम्झियो मनले,
त्यो आज आफ्नै हमसफर बन्यो।
अँझै केकस्ता दिन झेल्नु छ मित्र,
जिवन साथि बिषालु नजर बन्यो।
मानौँ की दियो मोमले जलेको छ,
दियोबिन मोम पनि वेकदर बन्यो।
फूलको बगैचा मन मालि झैँ हुन्छ,
फूलको प्रतिबिम्ब यो अधर बन्यो।
संसार बदल्न कम्मर कस्यौँ हामी,
शंघर्षमै सारा जीवन निर्भर बन्यो।
॥२॥

उनै पुराना दिनकै फेरी सौगात भए हुने,
फर्किएर बालपन उनै दिन रात भए हुने।
हुनेथियो की यो मन बगैचा फूल बारिकै,
बच्पन का साथिसँग मुलाकात भए हुँने।
न हुन्थयो स्वार्थ लुकेको मित्रतामा कतै,
निद्रा खुले पछिको उहि प्रभात भए हुने।
सुन्दर थियो त्यो बालपन हाम्रो मिठास्,
बराबरी थियो उस्तै नकुनै जात भए हुने।
घाँस दाउराको नसा ग्वाले जीवन हाम्रो,
जिन्दगीभरी नै बरू त्यही मात भए हुने।
॥३॥
जो सँग जीवन यापनकै डगर थियो कुनैवेला,
सहयात्राकै सुनौलो त्यो सफर थियो कुनैवेला।
आफ्नो आँखामा अनेक थरीका सपना सजाएँ,
निद्रा खुल्यो बगलिमा खञ्जर थियो कुनैवेला।
तिम्रो सम्मान् गर्छु मित्र तर म सङ्का पनि गर्छु,
नरिसाए ऊ सँग पनि ठुलो भर थियो कुनैवेला।
अहिले ऊ दुश्मन् छ ऋण दिएको थिएँन जब,
उसको मेरो तन मन् एउटै घर थियो कुनैवेला।
आज मानिसलाई देख्दा मानिस जलेको हुन्छ,
सामाजिक थियो फूल झैँ अधर थियो कुनैवेला।
जब सही गलत छुट्याउँन थाल्यौँ दुश्मनी भयो,
सबै मित्र थिए जब मन वेखबर थियो कुनैवेला।
सुरेशकुमार पाण्डे दाङ घोराही १८































