
अत्तरिया : नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कैलाली जिल्लाको प्रथम अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।
प्रथम जिल्ला अधिवेशनले चेतराज जोशीको अध्यक्षतामा सर्वसहमत ११ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको हो ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर देउवा, सचिवमा भोजराज भट्ट, सहसचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा विक्रम स्वाँर चयन भएका छन् । त्यस्तै सदस्यमा मिनबहादुर कुँवर, ध्रुव कार्की, धनबहादुर बिष्ट, तेजबहादुर खड्का, प्रसादसिंह खड्का, र पुष्पा भण्डारी चयन भएका छन ।

प्रथम जिल्ला अधिवेशनमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका सह कोषाध्यक्ष टेकराज जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्का को सहभागिता रहेको थियो ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव भीमबहादुर कुँवरले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रथम अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपेन्द्र बिष्टले यातायात क्षेत्रका समस्या समाधानमा सम्पूर्ण क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए





























