आईपएल क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गर्दै आइपीएलमा चार विकेटले जित हासिल

Image
Nisarga Hospital

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ। चेन्नईले मुम्बईले दिएको १५६ रनको लक्ष्य ५ बल बाँकी रहँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै पुरा गर्यो।

CP Hospital Dhangadhi

मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो। मुम्बईका तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने कप्तान सूर्यकुमार यादवले २९ रन जोडे। चेन्नईका बलर नुर अहमदले ४ विकेट लिई मुम्बईलाई सस्तोमा समेट्न महत्वपूर्ण भूमिका खेले। उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

चेन्नईको जितमा ओपनर रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडको प्रदर्शन उल्लेखनीय रह्यो। रविन्द्रले ४५ बलमा ६५ रन (४ छक्का, २ चौका) बनाए भने गायकवाडले २६ बलमा ५३ रन (६ चौका, ३ छक्का) जोडे। यसका साथै रविन्द्र जडेडाले १७ रन बनाए।

nawajiwan
Attariya Hospital

मुम्बईका बलर विघ्नेश पुथुरले ३ विकेट लिए भने दीपक चाहर र विल ज्याक्सले एकएक विकेट हात पारे। तथापि, चेन्नईले अन्तिम समयमा धैर्यता देखाउँदै जित हासिल गर्न सफल भयो।

यस जितसँगै चेन्नई सुपर किंग्सले आइपीएलको शुरुवाती चरणमै आफ्नो प्रभुत्व कायम राखेको छ।

Advertize US