यसपालीको बजेटमा सुदूरपश्चिममा पुरानै योजना दोहोरियो, नयाँ घोषणामा पनि बजेट शून्य, नयाँ आशा र कार्यान्वयनको चुनौती एकसाथ

Image
Nisarga Hospital

अत्तरियाः रास्वपा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिम प्रदेशका अधिकांश कार्यक्रमलाई निरन्तरता दिइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा केही नयाँ पहल समेटिए पनि अधिकांश योजना विगतकै संरचनामा आधारित देखिएका छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिममा दलित लक्षित नमुना होमस्टे सञ्चालन, धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाभित्र दुई हजार क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माणजस्ता नयाँ कार्यक्रम समावेश छन्। साथै, गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएससहित चार चिकित्सा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

त्यस्तै, महाकाली करिडोरको दार्चुला–तिङकर खण्ड ट्र्याक खोल्ने, सेती करिडोर र खुटिया–दीपायल फास्ट ट्र्याक स्तरोन्नति, तथा रामारोशन–खप्तड–बडिमालिका–शैलेश्वरी–उग्रतारा–मालिकार्जुन क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना पनि समेटिएका छन्।

nawajiwan

यता कञ्चनपुरमा ढल प्रशोधन केन्द्र निर्माण, २१० मेगावाटको चैनपुर सेती जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन, महाकाली सिँचाइ आयोजना विस्तार, तथा दोधराचाँदनीमा एकीकृत जाँच चौकी निर्माणजस्ता पूर्वाधार परियोजना पनि बजेटमा राखिएका छन्।

Attariya Hospital

तर, यी योजनामा ठोस बजेट विनियोजन स्पष्ट नहुँदा कार्यान्वयनप्रति प्रश्न उठ्न थालेको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बजेट नछुट्याइएका कारण कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गरेका छन्।

फाप्ला क्रिकेट रंगशालाका परिकल्पनाकार सुवास शाहीले भने बजेटलाई सकारात्मक रूपमा लिँदै यसले परियोजनालाई गति दिने विश्वास व्यक्त गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले कर सुधारलाई स्वागत गरे पनि सुदूरपश्चिम लक्षित ठोस योजना कम भएको बताए।

यसैबीच, अर्थविद् तथा सांसद डा. तारा जोशीले विस्तृत बजेट विवरण नआएसम्म ठोस मूल्यांकन गर्न हतार हुने बताएका छन्। समग्रमा बजेटले निरन्तरता त दिएको छ, तर कार्यान्वयन र स्पष्ट वित्तीय संरचना अझै प्रमुख चुनौती बनेको देखिन्छ।