आईपीएलमा आरसिबीको उत्कृष्ट प्रदर्शन, चेन्नाईलाई ५० रनले पराजित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर बैंगलोर (आरसिबी) ले उत्कृष्ट प्रदर्शन जारी राख्दै शुक्रबार चेन्नाई सुपर किङ्सलाई ५० रनले पराजित गरेको छ।

CP Hospital Dhangadhi

१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमै सीमित भयो। चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन बनाए भने शीर्ष क्रमका पाँच ब्याट्सम्यान शून्यमा आउट भए।

नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन तथा रवीन्द्र जडेजाले २५ रन जोडे। चेन्नाईका बलर जोश हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए। यसैगरी, यस दयाल र लियाम लिभिङस्टोनले दुई-दुई विकेट लिए।

nawajiwan
Attariya Hospital

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ७ विकेटको क्षतिमा १९६ रन बनायो। कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन बनाए, जसमा चार चौका र तीन छक्का सामेल थिए। चेन्नाईका फिल्डरहरूले पाटीदरको क्याच तीन पटक छोडेका थिए। चेन्नाईका कप्तान ऋतुराज गायकवाडले यो नै हारको मुख्य कारण भएको बताए। पाटीदर खेलको म्यान अफ द म्याच घोषित भए।

फिल साल्टले १६ बलमा ३२ रन तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए।

टिक डेभिडले ८ बलमा २२ रन जोडे। उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे। यसअघिको खेलमा चम्किएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए। सन् २००८ यता चेन्नाई आरसिबीसँग घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो।